यति राम्रो डान्स गर्छिन् ऐश्वर्या र अभिषेककी ७ बर्षे छोरी आराध्या (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

बलिउडमा आजभोली धेरै बच्चाहरु जन्मिने बित्तिकै स्टार भैहाल्छन् । यस्तै बलिउडकी फेमस स्टारकिड ऐश्वर्या र अभिषेक बच्चनकी छोरी आराध्या बच्चन पनि हुन् । आराध्या ७ बर्षकी छिन् । उनी बेला बेलामा मिडियामा आइरहेकी हुन्छिन् ।

अहिले पनि सामाजिक सञ्जालमा उनको चौतर्फी प्रशंसा भैरहेको छ । आराध्याले केहीदिन अघि एक कार्यक्रममा डान्स गरेकी थिइन् । आराध्याको डान्सले अहिले जताततै चर्चा पाइरहेको छ । ७ बर्षे आराध्याको डान्स साच्चैँ नै तारिफयोग्य नै थियो ।

एश्वर्या र अभिषेक पनि छोरीसँगै उक्त कार्यक्रममा पुगेका थिए । दुवैले छोरीको डान्सले आफ्नो मन छोएको बताए । ऐश्वर्याले आफूले छोरीप्रति निकै गर्व महशुस गरेको समेत बताइन् । अभिषेक र ऐश्वर्या सबैले छोरीको तारिफ गर्दा निकै खुसी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्