आफ्नो विवाहको पार्टीमा रवि र निकिताले गरे यस्तो रोमान्टिक डान्स, सबै भए चकित (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

चर्चित सञ्चारकर्मी रवि लामिछानेले यहि जेठ ३ गते धार्मिक परम्परा अनुसार निकिता  पौडलसँग विवाह गरेका छन् । रवि र निकिताले अदालती रुपमा केही महिनाअघि नै विवाह गरिसकेका थिए । यी दुईले अस्ति आफ्ना साथीभाई र परिवारको आगमनमा विवाह गरेका हुन् ।

अहिले यी दुईको विवाहको भिडियोले युट्युबमा सर्वाधिक चर्चा बटुलिरहेको छ । रवि र निकिताले विवाहपछि आफ्ना नजिकका साथीभाई बोलाएर रिसेप्सन पार्टी पनि दिएका छन् । रवि र निकिताको रिसेप्सन पार्टीम कलाकारको उपस्थिती उल्लेखनीय रहेको थियो ।

रवि र निकितालाई सबैले उपहार सहित बधाई दिए । रवि र निकिताले सबैको अगाडी निकै रोमान्टिक डान्स पनि गरे । रवि र निकिताले डान्स गर्दा उनीहरुलाई सबैले निकै हुटिङ लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्