०५ जेष्ठ २०७६, काठमाडौं
ताइवानी संसदले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको छ ।
शुक्रबार संसदमा यो विधेयकका लागि मतदान भयो । त्यसपछि संसदले यस्तो निर्णय लिएको हो ।
यससँगैं ताइवान एशियाकै पहिलो समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने देश बनेको छ ।
यो निर्णय आएलगत्तै संसदले समलिङ्गी विवाहसँग जोडिएको विधेयकलाई मंजुरी दिएको छ ।
उनीहरु खुसीले उफ्रिए र भावुक भएर एक–अर्कामा खुशी साटासाट गरेका छन् ।
यद्यपी, रुढिवादी विपक्षी यो निर्णयबाट रिसाएका थिए ।