आज श्रीमतीसँग पहिलो पटक आफ्नो जन्मदिन मनाउँदै चर्चित कलाकार सुनिल थापा (भिडियो)



०५ जेठ २०७६, काठमाडौँ

सुनिल थापा नेपालका चर्चित कलाकार हुन् । उनले नेपाली चलचित्र क्षेत्रमा निकै ठूलो योगदान दिएका छन् । उनले आफ्नो करियरको सुरवात नेगेटिभ रोलबाट गरेका थिए । त्यसैले उनी नेपाली चलचित्र क्षेत्रमा भिलेनको रुपमा नै चर्चित छन् ।

आज उनै सुनिल थापाको जन्मदिन रहेको छ । उनी आजबाट ६२ बर्षका भएका छन् । आज उनले आफ्नो जन्मदिन निकै रमाइलोसँग मनाएका थिए । अझ रमाइलो कुरा त के छ भने उनले विवाहपछि पहिलो पटक आफ्नी श्रीमतीसँग जन्मदिन मनाएका हुन् । उनकी श्रीमती हिजोमात्र नेपाल आएकी हुन् ।

सुनिलले आफूलाई आजबाट अझै जवान भएको महशुस भएको बताए । उनले आफ्नो जन्मदिनमा सबैलाई निकै हसाँए पनि । उनको जन्मदिनमा पत्रकार र उनका नजिकका साथीको उपस्थित रहेको थियो । हाम्रो तर्फबाट पनि सुनिललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्