पूरा भएन घर बनाउने साझाको सपना, ९ वर्षदेखि सपनाको निरन्तरता



०६ जेठ २०७६, काठमाडौं

३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

भवन निर्माण प्रक्रिया पूरा भएको जानकारी दिँदै जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ललितपुरका प्रमुख चन्द्रकाजी गुरुङले भने– ‘सम्झौता अन्तिम चरणमा रहेको छ, नयाँ भवन करिब ३ वर्ष्भित्र निर्माण हुन्छ ।’ उहाँका अनुसार कोन्टे जेई जेभीले सोको ठेक्का पाएको छ ।

१८ करोड रुपियाँ लागत अनुमान गरिए पनि भ्याटबाहेक १३ करोड रुपियाँ बनाउन लागिएको उक्त भवनमा ऐतिहासिक पुस्तकसंग्रहका लागि पुस्तकालय, हल, प्रशासन भवन, साहित्यसँग सम्बन्धित विषयवस्तु समावेश गर्न मिल्ने कोठाहरु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्