यति मिठो गीत गाउँछिन् चर्चित डान्सर तेरिया मगर, उनको गीत सुनेर सबै भए चकित (भिडियो)



०६ जेठ २०७६, काठमाडौँ

तेरिया मगर निकै चर्चित डान्सर हुन् । उनले भारतको २ ठूला रियालिटी शो जितेर नेपालको नाम उच्च पारिसकेकी छन् । ५ बर्षदेखि मुम्बईमा बस्दै आएकी तेरिया अहिले भने नेपाल आएकी छिन् । उनी केहीदिन अघि चलचित्र विर विक्रम २ को प्रिमियरमा देखिएकी थिइन् ।

अहिले तेरिया फेरि एकपटक चर्चामा आएकी छिन् । तर यसपटक उनी नाचेर होइन गाएर चर्चामा आएकी छिन् । तेरिया मगर जति राम्रो नाच्छिन् त्यति नै राम्रो गीत पनि गाउँछिन् । उनले पहिलो पटक कभर गीत गाएकी छिन् ।

निकै चर्चित तिम्रो मायाले बाधेर राख बोलको गीतलाई तेरियाले कभर गरेकी छिन् । उक्त गीत तेरियाले निकै राम्रोसँग गाएकी छिन् । अहिले उनले गाएको गीतलाई युट्युबमा सर्वाधिक रुचाइएको छ । साथै अधिकांशले तेरियाको लागि सकरात्मक कमेन्टहरु मात्र गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्