विवादपछि दुई बर्षा एकसाथ, स्टाटसदेखि झगडासम्मको बारे मिडियामा बोले (भिडियो)



०६ जेठ २०७६, काठमाडौँ

यतिबेला नेपाली सिनेवृतमा दुई बर्षाको कुराले निकै चर्चा पाइरहेको छ । नायिका बर्षा राउत र बर्षा सिवाकोटीबीच ठूलै झगडा परेका चर्चा नचलेको होइन । अझ यी दुईलाई एकअर्काको दुश्मन पनि भनिन्छ । तर केहीदिन अघि नायिका बर्षा सिवाकोटीले बर्षा राउतको लागि स्टाटस लेखेपछि र सोही स्टाटसमा नायिका बर्षा राउतले रिप्लाई पनि दिएपछि भने यी दुइबीच दुश्मनी सकिएको अनुमान लगाइएको छ ।

यत्तिकैमा नायिका बर्षा राउत र बर्षा सिवाकोटी हिजो एकसाथ भेटिएपछि उनीहरुबीच कुनैपनि दुश्मनी नभएको कुरा स्पष्ट भएको छ । नायिका बर्षा राउत बर्षा सिवाकोटीसँग विर विक्रम २ हेर्न पुगेकी थिइन् । धेरै समयपछि दुई बर्षा एकसाथ देखिएका थिए ।

बर्षा राउतले चलचित्र हेरेपछि बर्षा सिवाकोटीको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै बर्षा सिवाकोटीले पनि समय मिलाएर जात्रै जात्रा हेर्न जाने बताएकी छिन् । लामो समयपछिको भेटघाटमा दुई बर्षाले स्टाटस र विवादबारे खुलेर बोलेका थिए र उनीहरुले आफूहरु एकअर्काको मिल्ने साथी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्