राजेश हमालसँग ‘को बन्छ करोडपति’ खेल्न पुगे चर्चित पत्रकार रवि लामिछाने, जिते यति धेरै रकम (भिडियो)



०६ जेठ २०७६, काठमाडौँ

रवि लामिछाने नेपालका चर्चित सञ्चारकर्मी हुन् । उनलाई नचिन्ने सायद कोहीपनि छैनन् होला । रविलाई अधिकांश जनताले देशको हिरो भनेर चिन्ने गरेका छन् । हुन पनि उनले नेपाल र नेपालीको लागि निकै ठूलो योगदान दिएका छन् । केहीदिन अघि विवाह गरेका रवि राजेश हमालसँग को बन्छ करोडपति खेल्न पुगेका छन् ।

को बन्छ करोडपति अहिलेको निकै चर्चित शो हो । रवि पनि राजेशसँग को बन्छ करोडपति खेल्न पुगेका छन् । उनले सुरुवातमा आफूलाई डर लागेको बताएका थिए । तरपछि रविले निकै शान्त र होसियार भएर राजेशसँग को बन्छ करोडपति खेले । रविले को बन्छ करोडपति मा गएर ६ लाख ४० हजार जित्न सफल भए । उनले आफूले उक्त रकम आफ्नो फाउण्डेशनका लागि खर्च गर्ने बताएका छन् । उनले राजेशसँग निकै रमाइलोसँग को बन्छ करोडपति खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्