चर्चित कमेडियन कपिल शर्माले पाए अहिलेसम्मकै ठूलो सफलता, खुसीले थामिएनन् कपिलका आँशु



०६ जेठ २०७६, काठमाडौँ

कपिल शर्मा भारतका चर्चित कमेडियन हुन् । उनले आफूलाई कमेडि किङ्गको रुपमा परिचित गरिसकेका छन् । कपिलले थुप्रै कमेडी शो हरु होष्ट गरेका छन् । उनै कपिल अहिले खुसीले गदगद छन् ।

कपिलले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेका छन् । उनले आफ्नो नाम वल्र्ड बुक अफ रेकर्ड मा लेखाउन सफल भएका छन् । उनले भारतमा मात्र नभएर विश्वभरमा सबैभन्दा धेरै हेरिने स्याण्डअप कमेडियनको रुपमा आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् ।

अहिले कपिललाई बधाई दिनेको ओइरो नै लागेको छ । कपिल यो कुरा सुनेर केही भावुक पनि भएका छन् । उनको आँखाबाट हर्षका आँशु पनि झरे । कपिलले यत्तिको सफलता पाउनु भनेको सम्पूर्ण भारतको लागि खुसीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्