नेपाल टेलिकमले शुरु गर्यो १० पैसामा एक मिनेट फोन सेवा (नयाँ अफर)



०६ जेठ २०७६, काठमाडौं

सामान्यतया नेपाल टेलिकमका सिमबाट फोन गर्दा मिनेटको एक रुपैया ९२ पैसा काट्ने गर्दछ । टेलिकमले अहिले नयाँ अफर ल्याएको छ तपाईंले त्यो सेवा सुचारु गर्दा एक मिनेटमा मात्र १० पैसामा कुरा गर्न सक्नुहुन्छ ।

हाल नेपाली बजारमा पाँच रुपैंया भन्दा कमको कारोबार बन्दै हुन थालेको स्थिती छ । एक रुपैया भन्दा सानो रकम नेपाली बजारमा अहिले लोप भै सकेको छ । त्यो पनि जम्मा १० पैसा, यो हो अति सानो रकम ।

आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट १० पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो ।

सो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुबैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ ।

यो सेवा त रु एक रुपैया पनि हैन नेपाल टेलिकमको सो सेवामा मात्र एक रुपैयामा १० मिनेट कुरा गर्न सक्नुहुनेछ । ‘डे भ्वाइस प्याक’ सेवा सुचारु गर्नहोस्, पैसा बचाउनुहोस् ।

यसको केही काम आउँछ भनेर पत्याउन पनि सकिँदैन । तर अहिले नेपाल टेलिकमले १० पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्