‘बर्षा राउत र आँचल शर्मा मेरो बेष्ट फ्रेण्ड’ : बर्षा सिवाकोटी



०७ जेठ २०७६, काठमाडौँ

बर्षा सिवाकोटी अहिलेकी निकै चर्चित नायिका हुन् । यतिबेला उनी अभिनीत चलचित्र विर विक्रम २ देशभर प्रदर्शन भैरहेको छ । त्यस्तै नायिका बर्षा सिवाकोटीको बर्षा राउतसँग झगडा भएको कुरा पनि चलचित्र क्षेत्रमा नचल्ने होइन ।

यस्तैमा नायिका बर्षा सिवाकोटीले बर्षा राउतसँग आफ्नो कुनैपनि प्रकारको दुश्मनी नभएको बताएकी छिन् । साथै उनले बर्षा राउत आफ्नो निकै मिल्ने साथी भएको बताइन् । उनले चलचित्र क्षेत्रमा आँचल शर्मा र बर्षा राउत आफ्ना सबैभन्दा मिल्ने साथी भएको बताइन् । बर्षा राउत र बर्षा सिवाकोटीले आफूहरुबीच कुनैपनि दुश्मनी नभएको बताइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्