पहिरन निकै कसिलो भएका कारण ‘कान्स फिल्म फेस्टिभल’ मा बेहोस भइन् अमेरिकी नायिका



०८ जेठ २०७६, काठमाडौँ

कान्स फिल्म फेस्टिभल विश्वभरका कलाकारको लागि निकै महत्वपूर्ण फेस्टिभल हो । त्यसैले अहिले यसको जताततै चर्चा छ । यसपटक कान्स फिल्म फेस्टिभल मा नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की फ्रान्स पुगेकी छिन् ।

रेड कार्पेटले सजिएको इभेन्टमा नायिकाहरु निकै राम्री भएर पुग्ने गरेका हुन्छन् उनीहरुको मेकअप र ड्रेस पनि त्यहि प्रकारको नै हुन्छ । तर कहिलेकाहीँ ड्रेसका कारण नायिकाहरुलाई निकै समस्या समेत पर्ने गरेको छ । कान्सको यसबर्षको इभेन्टमा पनि त्यस्तै घटना घटेको छ ।

अमेरिकी नायिकाले निकै कसिलो पहिरन लगाएपछि उनी बेहोस हुन पुगिन् । तर उनी छिटै उठिन् पनि । उनको कपडा निकै कसिलो थियो । जसका कारण उनले असहज महशुस गरिन् र ढल्न पुगिन् । उनले यो कुराको जानकारी सामाजिक सञ्जालमा गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्