कान्स फिल्म फेस्टिभल मा यसरी भयो प्रियंकाको उपस्थिति (फोटो सहित)



०८ जेठ २०७६, काठमाडौँ

कान्स फिल्म फेस्टिभल मा यसपटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की पनि फ्रान्स पुगेकी छिन् । नेपालबाट कान्समा सहभागी जनाउने उनी पहिलो नायिका हुन् ।

प्रियंका कान्समा गएर विभिन्न इभेन्टमा सहभागी भइरहेकी छिन् । उनले आफ्ना सुन्दर तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरिरहेकी छिन् । त्यस्तै उनले रातो गाउन लगाएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ । प्रियंका उक्त गाउनमा निकै राम्री देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्