‘मलाई राष्ट्रिय अवार्ड चाहिँदैन’ : सलमान खान



०८ जेठ २०७६, काठमाडौँ

सलमान खान बलिउडका स्टार हुन् । उनी अलि बेग्लै स्वभावका छन् । आफ्नो मनमा लागेको कुरा सलमान नलुकाई भन्ने गर्छन् । जसका कारण उनी विवादित समेत बन्न पुगेका हुन्छन् । यस्तै सलमानले केहीदिन अघि नायिका कट्रिनाको काम उत्कृष्ट भएकाले उनले राष्ट्रिय अवार्ड पाउने बताएका थिए ।

अहिले सलमानका शब्द उनी आफैलाई भारी परिरहेको छ । धेरैले उनलाई चलचित्र अवार्डको लागि मात्र गर्नुभएको हो समेत भनेका छन् । यसमा सलमानले तुरुन्तै जवाफ पनि फर्काएका छन् । उनले आफूलाई राष्ट्रिय अवार्ड नचाहिने बताए । उनले आफूलाई राष्ट्रिय मात्र नभएर अरुपनि कुनै अवार्ड नचाहिने बताएका छन् ।

सलमानले हलसम्म आएर दर्शकले चलचित्र हेरिदिए आफ्नो त्यो नै सबैभन्दा ठूलो अवार्ड भएको बताएका छन् । यतिबेला उनी चलचित्र भारत को प्रमोशनमा व्यस्त छन् । चलचित्र भारत मा उनीसँग कट्रिना कैफ, दिशा पटानी, सुनिल ग्रोवर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्