थाइल्याण्डस्थित नेपाली राजदूतमा ढकाल नियुक्त



०८ जेष्ठ २०७६, काठमाडौं

थाइल्याण्डस्थित नेपाली राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सह–सचिव ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राजदूतमा नियक्त गरेकी हुन् ।

गत पौषमा बसेको मन्त्रीपरिषद्को बैठकले थाइल्याण्डसँगैं विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्