छोटो समयमा नै चर्चा कमाएका टंक, अशोक र ए.आर गिनिज बुकमा नाम लेखाउँदै



०८ जेठ २०७६, काठमाडौँ

टंक बुढाथोकी पछिल्लो समयका निकै चर्चित र व्यस्त गायक तथा संगीतकार हुन् । उनले थुप्रै सुपरहिट गीतहरु गाइसकेका छन् । त्यस्तै टंकसँगै अशोक र ए आर पनि अहिले निकै नै चर्चामा छन् ।

छोटो समयमा नै अशोक र ए आरलाई पनि दर्शकले अत्याधिक माया दिएका छन् । अब तिनै अशोक, टंक र ए आरले वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउने भएका छन् । टंकले स्वयमले यो कुराको जानकारी दिएका छन् ।

उनले आफ्नो आधिकारीक फेसबुकमा स्टाटस लेख्दै आफूहरुले गिनिज बुकमा नाम लेखाउन लागेको कुरा बताएका छन् । टंकले सबैको माया र आर्शीवादको लागि धन्यवाद समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्