०८ जेष्ठ २०७६, काठमाडौं
बेलायतमा एक नेपाली मेयर पदमा निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा पर्वतका जगन्नाथ शर्मा रहेका छन् ।
निर्वाचनमा दुई तिहाई मतसँगैं मेयरमा निर्वाचित भएका उनी लामो समयदेखि वेलायतको राजनीतिमा सक्रिय थिए ।
नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका शर्मा तीन पटकसम्म काउन्सिलको उपमेयर पद समालिसकेका छन् ।
उनी आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको रुपमा हेड अफ डिपार्टमेन्टको जिम्मेवारीमा रहँदै आएका थिए ।