कट्रिनाको लागि किनेको अपार्टमेन्ट आलियाको लागि बेचिदिए रणवीर कपुरले



०८ जेठ २०७६, काठमाडौँ

रणवीर कपुर बलिउडका चर्चित र चकलेटी नायक हुन् । उनको बेला बेलामा विभिन्न नायिकासँगको प्रेम सम्बन्धको कुरा मिडियामा आउने गर्छ । रणवीर पहिले नायिका दिपिका पादुकोणसँग प्रेममा थिए । दिपिकापछि उनको प्रेम कट्रिनासँग भएको थियो । कट्रिनासँग पनि ब्रेकअप भएपछि अहिले भने उनी नायिका आलिया भट्टसँग अफेयरमा छिन् ।

यस्तै रणवीरले कट्रिनासँग प्रेममा हुँदा उनको लागि अपार्टमेन्ट किनेका थिए । सो अपार्टमेन्टमा रणवीर र कट्रिना केही समय सँगै बसेको खबर  समेत मिडियामा नआएको होइन । अहिले रणवीरले उक्त अपार्टमेन्ट बेचेका छन् । उनले अर्को ठाउँमा आफूले अपार्टमेन्ट किन्न लागेकाले यो अपार्टमेन्ट बेच्न लागेको बताएका छन् । उनी अर्कै अपार्टमेन्ट किनेर आलियासँग बस्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्