‘कान्स फिल्म फेस्टिभल’ मा यस्तो रोमान्टिक बने निक र प्रियंका (फोटो सहित)



०८ जेठ २०७६, काठमाडौँ

कान्स फिल्म फेस्टिभलको यतिबेला जताततै चर्चा छ । कान्स फिल्म फेस्टिभल का लागि विश्वभरका कलाकार यतिबेला फ्रान्स आएका छन् । यस्तै बलिउडकी चर्चित नायिका प्रियंका चोपडा पनि कान्सका लागि आफ्ना पति निक जोनससँग फ्रान्स पुगेकी छिन् ।

उनले रेड कार्पेटमा निकसँग खिचाएको रोमान्टिक तस्बिरले यतिबेला सबैको ध्यान खिचिरहेको छ । प्रियंका र निकले कान्समा निकै रोमान्टिक तस्बिरहरु खिचाएका छन् । उनीहरुको लोभलाग्दो जोडीले सबैको ध्यान आकर्षण गरिरहेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्