चर्चित जोडी निता र आमेशको पहिलो म्यूजिक भिडियो रिलिज (भिडियो)



१० जेठ २०७६, काठमाडौँ

निता ढुङ्गाना र आमेश भण्डारी पूर्व प्रेमी प्रेमिका हुन् । निता ढुङ्गाना र आमेश लामो समयसम्म प्रेम सम्बन्धमा थिए । करिब २ बर्ष अघि यी दुईको सहमतिमा ब्रेकअप भएको छ । ब्रेकअप भएको लामो समयपछि यी दुई फेरि एकसाथ मिडियामा देखिएका छन् । त्यतिमात्र नभएर आमेश र निताले पहिलो पटक एकसाथ खेलेको म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

योगेन ढोलीको शब्द र मिलन सुर्खेतीको संगीत रहेको बैमानी बैमानी बोलको गीतमा जितु श्रेष्ठ र अनु अधिकारीको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा आमेश र निता फिचर्ड छन् । डान्सिङ शैलीको गीतमा निता र आमेशले निकै राम्रो डान्स पनि गरेका छन् ।

https://youtu.be/Obm8kw6DuPg

प्रतिक्रिया दिनुहोस्