भारतीय चर्चित गायक सनम पुरीको प्रेममा पूर्व मिस नेपाल अश्मि श्रेष्ठ



१० जेठ २०७६, काठमाडौँ

अश्मि श्रेष्ठ सन् २०१६ की मिस नेपाल उपाधी विजेता हुन् । मिस नेपालको उपाधी जितेसँगै अश्मिको चर्चा जताततै हुन थालेको हो । अहिले पनि अश्मि मिस नेपालमै संलग्न छिन् ।

यतिबेला पूर्व मिस नेपाल अश्मिको सामाजिक सञ्जालमा निकै चर्चा हुन थालेको छ । कारण उनले आफ्नो प्रेम सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । पूर्व मिस नेपाल अश्मि भारतीय चर्चित गायक सनम पुरीसँग प्रेममा छिन् ।

उनले आफ्नो इन्ष्टाग्राम अकाण्टमा उनको र सनमको फोटो सेयर गर्दै आफूहरु प्रेममा रहेको बताएकी छिन् । साथै सनमले पनि सोही तस्बिर अपलोड गर्दै आफ्नो प्रेमबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्