दिपक र दिपाको ‘छ माया छपक्कै’ को छायांकन सुरु



१० जेठ २०७६, काठमाडौँ

छक्का पञ्जा ३ पछि अब दिपक र दिपाले चलचित्र छ माया छपक्कै निर्माण गर्ने भएका छन् । चलचित्र छ माया छपक्कै को छायांकन हिजोबाट सुरु भैसकेको छ । चलचित्र छ माया छपक्कै लाई दिपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् भने चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।

छ माया छपक्कै मा ४० बर्षको अन्तरालको प्रेम सम्बन्धलाई देखाइने निर्माण टिमले बताएको छ । चलचित्रमा केकी अधिकारी र दिपकराज गिरी मुख्य भूमिकामा रहेका छन् । साथै चलचित्रमा दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको पनि प्रमुख भूमिका रहने छ ।

प्रतिक्रिया दिनुहोस्