१० जेष्ठ २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले भने, “यो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानूनको पक्षमा छैन ।”
राष्ट्रियतालाई मूल आधार बनाएर सो विधेयक अघि बढाउने पार्टीको धारणा रहेको पनि प्रवक्ता श्रेष्ठले बताए ।