पवनको २५ वर्षे सत्ता प्रेमको कब्जामा



१० जेष्ठ २०७६, काठमाडौं

सिक्किममा पवन कुमार चाम्लिङको २५ वर्ष लामो सत्ता प्रेम सिंह तामाङ(पीएस गोले)ले उल्टाई दिएका छन् ।

भारतको १७ औं विधानसभा चुनावमा चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले पराजय व्यहोर्नु पर्यो ।

सिक्किममा विधानसभाका ३२ सिटमध्ये गोलेले नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ ।

चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्टले १५ सिटमा चित्त बुझाएको छ ।

सन् २०१४ मा भने चाम्लिङको पार्टील २२ सिट जितेको थियो ।

यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्