वेलायती प्रधामन्त्री थेरेसाद्वारा राजीनामाको घोषणा



१० जेष्ठ २०७६, काठमाडौं

वेलायती प्रधानमन्त्री ‘थेरेसा मे’ले आगामी ७ जुनदेखि राजीनामा दिने घोषणा गरेकी छिन् ।

योसँगैं उनले भावी प्रधानमन्त्रीको चयनको लागि बाटो खुलाएकी हुन् ।

“प्रधानमन्त्री हुनु मेरो लागि सबैभन्दा ठूलो सम्मान हो ।” उनले भनिन्,

कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म उनी नै प्रधानमन्त्री रहने छिन् ।

ब्रेक्जिटका लागि आफूले सक्दो प्रयास गरे पनि त्यसमा सफल हुन नसकेको बताउँदै उनले राजीनामा घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्