‘भद्रगोल’ बाट चर्चामा आएका ‘बले र कंक्रोज’ को धमाकेदार गीत सार्वजनिक (भिडियो)



११ जेठ २०७६, काठमाडौँ

भद्रगोल पछिल्लो समयमा निकै रुचाइएको टेलिसिरियल हो । विशेष यस टेलिसिरियलका पात्रले बोल्ने संवादले दर्शकको मन जितेको छ । त्यस्तै भद्रगोल बाट सर्वाधिक चर्चा बटुल्न सफल कलाकार सागर लम्साल (बले) र हरि निरौला (कंक्रोज) म्यूजिक भिडियोमा पनि उत्तिकै सक्रिय देखिन थालेका छन् ।

यी दुईको नयाँ म्यूजिक भिडियो भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । डिपी खनालको शब्द र शंकर थापाको संगीत रहेको क्यालकुलेटर बोलको गीतमा शंकर थापा र विजयता अधिकारीको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा बले र कंक्रोजका साथ शिक्षा संग्रौला पनि फिचर्ड छिन् । उक्त गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्