‘प्रेम गीत ३’ को लागि २ हजार ७ सय आवेदकबाट छानिए उत्कृष्ट २५ युवती



११ जेठ २०७६, काठमाडौँ

यतिबेला धमाधम चलचित्र प्रेम गीत ३ का लागि नायिकाहरुको अडिसन भैरहेको छ । केहीसमय अघि प्रेम गीत ३ का निर्माता सन्तोष सेनले आफ्नो आधिकारीक फेसबकु मार्फत प्रेम गीत ३ मा नायिकाको लागि आवदेन खुलेको जानकारी गराएका थिए ।

प्रेम गीत आफैँमा एउटा बलियो चलचित्र भएकाले र चकलेटी नायक प्रदिप खड्कासँग काम गर्न पाइने भएकाले प्रेम गीत ३ को लागि धेरै युवतीहरुले अडिसन दिएका थिए । देश तथा विदेशबाट जम्मा २ हजार ७ सय युवतीहरुले अडिसन दिएका थिए । त्यसमध्येमा उत्कृष्ट २५ सेलेक्ट गरिएको छ ।

निर्माण टिमले उत्कृष्ट २५ को नतिजा सार्वजनिक गरेसँगै अब अभिनयको अडिसन हुने जानकारी पनि दिएको छ । उत्कृष्ट २५ मा नाम चलेका मोडलहरु पनि परेका छन् । अब प्रदिपको अपोजिटमा कसले काम गर्न पाउने हुन् त्यो हेर्न भने केही समय पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्