सोझी नायिका गरिमा पन्तको बोल्ड तस्बिरले उडायो दर्शकको होस (फोटो सहित)



११ जेठ २०७६, काठमाडौँ

गरिमा पन्त कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेकी छिन् । विवाहपछि भने उनी चलचित्र क्षेत्रबाट टाढा भएकी छिन् ।

गरिमाले आफ्नो छवि नेपाली चलचित्र क्षेत्रमा सोझी नायिकाको रुपमा बनाएकी थिइन् । उनले कुनैपनि चलचित्रमा त्यस्तो आपत्तिजनक सिन दिइनन् । त्यतिमात्र नभएर उनको कुनै चलचित्रमा छोटो कपडा लगाएको पनि देखिएन । हरेक चलचित्रमा सोझो भूमिकामा देखिने गरिमा अहिले भने निकै परिवर्तन भएकी छिन् ।

उनको बोल्ड तस्बिरले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । गरिमाले केहीदिन अगाडी पोष्ट गरेको तस्बिरले अहिले निकै चर्चा पाइरहेको छ । तस्बिरमा गरिमा निकै बोल्ड देखिएकी छिन् । उनको उक्त तस्बिरले दर्शकको होस नै उडाएको छ ।

प्रतिक्रिया दिनुहोस्