अनमोललाई मिस गर्दै सुहानाले नेपाल छाडिन्, अब अनमोलसँग फिल्म नखेल्ने ?



११ जेठ २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ बाट नायिका सुहाना थापाले नसोचेको सफलता हासिल गरिन् । पहिलो चलचित्रबाट नै उनले दर्शकको अत्याधिक माया पाउन सफल भइन् । अहिले सुहाना भनेपछि हुरुक्कै हुने फ्यानहरु निकै छन् ।

ए मेरो हजुर ३ को सफलतासँगै नायिका सुहाना थापाको करियरले पनि नयाँ मोड लिएको छ । अब दर्शकले उनीबाट निकै ठूलो आश गरेका छन् । त्यसैले पनि सुहानाले अब आउने दिनहरुमा निकै सोचेर काम गर्नुपर्ने देखिएको छ । यस्तैमा हिजो सुहाना एयरपोर्टमा आमा झरना थापासँग भेटिएकी थिइन् । सुहाना र झरना नेपाल छोड्दै गर्दा भेटिएका थिए ।

वास्तवमा झरना र सुहाना चलचित्र ए मेरो हजुर ३ को विदेश प्रदर्शनका लागि उडेका हुन् । झरनाले अब युरोप हुँदै यूके, क्यानडा लगायतका देशहरुका चलचित्रको प्रदर्शन सकेर मात्र नेपाल फर्कने बताइन् । सुहानालाई अनमोललाई कत्तिको मिस गर्नुभएको छ भनेर प्रश्न गरिएको थियो । जहाँ सुहानाले आफूले अनमोललाई निकै मिस गरिरहेको बताइन् । उनले अनमोलको आन्तरिक समस्याका कारण उ आफूसँग जान नसकेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्