‘कान्स’ मा प्रियंकाले लगाएको पहिरनले पायो तारिफ नै तारिफ (फोटो सहित)



११ जेठ २०७६, काठमाडौँ

यतिबेला नायिका प्रियंका कार्की कान्स फिल्म फेस्टिभल का लागि फ्रान्समा छिन् । उनी कान्स का विभिन्न कार्यक्रममा सहभागी भैरहेकी छिन् । यस्तै यतिबेला प्रियंका कार्कीको सबैतिर सर्वाधिक प्रशंसा पनि भैरहेको छ ।

प्रियंकाले कान्स मा लगाएको पहिरनले यतिबेला निकै चर्चा पाइरहेको छ । उनले हरेक इभेन्टमा नयाँ डिजाइनका पहिरन लगाइरहेकी छिन् । यस्तै हालै भएको एक इभेन्टमा भने उनी साडीमा प्रस्तुत भएकी थिइन् । उनी साडीमा निकै नै राम्री देखिएकी छिन् । उनका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा निकै हिट पनि भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्