‘टिकटक’ बाट चर्चामा आएका मञ्जिल बस्नेत र चर्चित नायिका सारा सिर्पालीको नयाँ गीत रिलिज (भिडियो)



११ जेठ २०७६, काठमाडौँ

‘टिकटक’ पछिल्लो समयमा निकै लोकप्रिय बनेको सामाजिक सञ्जालको माध्यम हो । आजभोली टिकटक नचलाउने सायद कोही पनि छैनन् होला । टिकटक एउटा मनोरञ्जनको माध्यम बनेको छ । टिकटक बाट नै धेरैजना सेलिब्रेटि बनिसकेका छन् । टिकटक मा सर्वाधिक चर्चा कमाउन सफल युवक मञ्जिल बस्नेत पनि हुन् ।

उनी अहिले चर्चित मोडल बनिसकेका छन् । केही समयअघि उनले आँचल शर्मासँग खेलेको घाममा सुकाईदेउ बोलको गीतले निकै चर्चा पाएको थियो । अहिले फेरि उनको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल सिजन १ बाट चर्चामा आएका उल्सन श्रेष्ठको शब्द र संगीत रहेको तरकारी बोलको गीतमा उल्सन श्रेष्ठ र नेपाल आइडल बाट नै चर्चामा आएकी गायिका सन्ध्या जोशीको आवाज रहेको छ ।

निकै रमाइलो शैलीको गीतमा नेपालकी चर्चित नायिका सारा सिर्पाली र टिकटक मा किङ्ग मञ्जिल बस्नेत फिचर्ड छन् । उक्त गीतलाई नेपालका चर्चित कोरियोग्राफर राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्