‘ए मेरो हजुर ४’ मा हुदैँनन् अनमोल र सुहाना !



११ जेठ २०७६, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ मा नायिका सुहाना थापाको कामको प्रशंसा मात्र भएन उनको र नायक अनमोल केसीको केमेष्ट्रिलाई पनि दर्शकले अत्याधिक रुचाएका छन् । दर्शकले अनमोल र सुहानालाई फेरि एकपटक पर्दामा हेर्न चाहेका छन् ।

झरना थापाले ए मेरो हजुर ३ को सफलतासँगै केही सयम अघि आफ्नो आधिकारीक फेसबुकमा अनमोल र सुहानासँग आफ्नो तस्बिर सेयर गर्दै मेरो भागवत र गीता भनेर क्याप्सन लेखेकी थिइन् । उनले लामो समयदेखि अब आफू चलचित्र भागवत गीता मा व्यस्त हुने बताएकाले पनि उनको चलचित्रमा अनमोल र सुहाना पक्का भएको अनुमान लगाउन सकिन्छ ।

अनमोलले भने आफूले भागवत गीता मा काम गर्ने पक्का नभएको बताएका थिए । यस्तै झरनाले आफूलाई वितरक ले ए मेरो हजुर ४ बनाउन आग्रह गरेकाले पहिले कुन चलचित्र निर्माण गर्ने भन्ने कुरामा आफू दोधारमा भएको बताएकी थिइन् । उनले ए मेरो हजुर ४ भने अनमोल र सुहाना नभई नयाँ कलाकार लिने सोच भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्