‘कान्स’ मा ऐश्वर्याको रुपले उडायो दर्शकको होस, भाइरल भए तस्बिर (फोटो सहित)



११ जेठ २०७६, काठमाडौँ

ऐश्वर्या राय बच्चन बलिउडकी निकै चर्चित नायिका हुन् । अझ उनको रुपको त कुरै छोडौँ । उनलाई देख्ने बित्तिकै भुतुक्कै हुने फ्यानहरु लाखौँको संख्यामा छन् । यतिबेला ऐश्वर्या पनि कान्स फिल्म फेस्टिभल का लागि फ्रान्स मा छिन् ।

ऐश्वर्याले कान्स मा सहभागी जनाएको यो १८ औँ पटक हो । ऐश्वर्या यसपटक कान्स मा आफ्नी छोरी आराध्यासँग पुगेकी थिइन् । उनी रेड कार्पेटमा पनि छोरीसँगै प्रस्तुत भएकी थिइन् ।

सदा झैँ यसपटक पनि ऐश्वर्याको सुन्दरताले धेरैको होस उडाएको छ । कान्स मा उनको पहिरन र रुपको निकै तारिफ हुने गरेको छ । यसपटक उनको आकर्षण उनकी छोरीले झनै थपिदिएकी थिइन् । ऐश्वर्याका तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्