सुपरहिट चलचित्र ‘दुई रुपैँया’ युट्युबमा सार्वजनिक (भिडियो)



११ जेठ २०७६, काठमाडौँ

निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहेको चलचित्र दुई रुपैँया युट्युबमा सार्वजनिक भएको छ । चलचित्र दुई रुपैँया लाई दर्शकले निकै रुचाएका थिए । धेरै समयदेखि दर्शकले यो चलचित्र युट्यबमा हेर्नको लागि आग्रह गरेका थिए ।

यो चलचित्रले निकै राम्रो व्यापार गरेको थियो । चलचित्रमा निश्चल र आशिफका साथ बुद्धि तामाङ पर मेनुका प्रधानको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा समावेश कुटु मा कुटु बोलको गीतले सर्वाधिक चर्चा बटुलेको थियो । जसका कारण चलचित्रको व्यापारमा समेत फाइदा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्