११ जेष्ठ २०७६, काठमाडौं
वर्ल्ड रेकर्डको लागि दुई दिदी–बहिनी एलिशा श्रेष्ठ र रुविशा श्रेष्ठको ४० घण्टे युगल नृत्य आजबाट सुरु भएको छ ।
विहान ९ बजेबाट सुरु भएको युगल नृत्य काठमाडौं स्वयम्भूस्थित क्वालिटी क्याफेमा भईरहेको छ ।
यसभन्दा अगाडी ४० घण्टाको युगल नृत्यमा अमेरिकाका ब्रेड र ग्रीसको नाम थियो ।
सोही युगल जोडीको किर्तिमानी उनीहरुले तोड्न लागेका हुन् ।
उनीहरु पर्सिको १२ बजेसम्म नाँच्ने छन् ।