११ जेष्ठ २०७६, काठमाडौं
किराँतीहरुले आज शनिबार(उभौली) पर्व मनाईरहेका छन् ।
प्रत्येक वर्ष चण्डीपूर्णिमादेखि आफुहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य रूपमा परम्परा अनुसार भूमिपूजा तथा चण्डी नाँची देशका विभिन्न स्थानहरुमा यो पर्व मनाईरहेका छन् ।
यस्तै काठमाडौं टुँडिखेलमा पनि विशेष किसिमबाट उभौली पर्व मनाईरहिएको छ ।
चण्डी नाँच नाँचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भन्ने गरिन्छ ।
यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ ।
उभौली पर्व मौसमसँग सम्बन्धित छ ।
अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ ।
किरात जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।