‘बाहुबली’ अभिनेता प्रभासको बहुप्रतिक्षित चलचित्र ‘साहो’ मा सलमान पनि हुने !



१२ जेठ २०७६, काठमाडौँ

सलमान खान बलिउडका निकै चर्चित अभिनेता हुन् । उनको नामैले धेरै चलचित्रहरु सफल पनि भएका छन्  । यस्तै जसरी बलिउडमा सलमानको नामले नै चलचित्र चल्छ तामिल चलचित्र चल्नको लागि पनि तामिलका स्टार प्रभासको नाम नै काफी छ ।

प्रभासलाई धेरैले बाहुबली अभिनेता भनेर बोलाउने गरेका छन्  । चलचित्र बाहुबली बाट उनले आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसका कारण उनलाई धेरैलाई बाहुबली कै नामबाट चिन्ने गरेका छन् । यतिबेला प्रभास चलचित्र साहो को प्रमोशनमा व्यस्त छन् । चलचित्र साहो अगस्ट १५ देखि रिलिज हुँदैछ  ।

साहो प्रभासको बहुप्रतिक्षित चलचित्र हो  । साहो मा अब बलिउड अभिनेता सलमान खान पनि भित्रिने भएका छन्  । भारतीय सञ्चार माध्यम अनुसार सलमान साहो मा केमियो भूमिकामा देखिने छन् । सलमानले केमियो भूमिका गर्न राजी भएमा साहो को व्यापारमा अझ फाइदा हुने हुनाले निर्माण टिमले सलमानलाई लिन खोजेको हो । सलमान पनि यो चलचित्र गर्ने मुडमा भएको देखिएको छ  ।

प्रतिक्रिया दिनुहोस्