‘बोल माया’ को अपार सफलतापछि प्रकाश सपूतको अर्को धमाकेदार गीत सार्वजनिक (भिडियो)



१२ जेठ २०७६, काठमाडौँ

प्रकाश सपूत पछिल्लो समयका निकै चर्चित र व्यस्त लोकगायक हुन्  । अहिले प्रकाश सपूतलाई नचिन्ने दर्शक सायद कमै छन् होला । प्रकाश सपूतलाई बोल माया गीतबाट दर्शकले चिन्न थालेका हुन् ।

प्रकाश सपूतको बोल माया गीतले दर्शकबाट अत्याधिक माया पाउन सफल भयो  । बोल माया पछि उनको दोहोरी ब्याटललाई पनि दर्शकले उत्तिकै रुचाएका थिए । अहिले प्रकाश सपूतको नयाँ गीत रिलिज भएको छ ।

प्रकाश सपूतको शब्द र संगीत रहेको गलबन्दी बोलको गीतमा प्रकाश सपूत र शान्ति श्री परियारको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा प्रकाश सपूत र अञ्जली अधिकारी नै फिचर्ड छन् । प्रकाशले यो गीत बोल माया को पहिलो भाग भएको बताएका छन् । उक्त गीतलाई प्रकाश स्वयमले निर्देशन गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्