अन्तत : कट्रिनाले गरिन् सलमानलाई विवाहको लागि प्रपोज



१२ जेठ २०७६, काठमाडौँ

सलमान खान र कट्रिना कैफ बलिउडका निकै चर्चित जोडी हुन्  । यी दुई रियलका नभएर रिलका चर्चित जोडी हुन्  । यतिबेला सलमान र कट्रिना चलचित्र भारत को प्रमोशनमा व्यस्त छन् । चलचित्र भारत जुन ५ बाट प्रदर्शनमा आउँदै छ ।

चलचित्रको  प्रमोशनको क्रममा सलमानलाई उनको विवाहबारे प्रश्न सोधिएको थियो  । जहाँ सलमान सदा झैँ चुप नै रहे  । उनी आफ्नो निजी जीवनको विषयमा मिडियामा बोल्न त्यति रुचाउँदैनन् ।

सलमानले रियलमा नभएपनि चलचित्र भारत मा भने कट्रिनासँग विवाह गर्नेछन्  । यो कुराको जानकारी चलचित्र भारत का निर्देशकले दिएका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका छन्  । जहाँ कट्रिनाले सलमानलाई विवाहको प्रस्ताव राखेकी छिन्  । उक्त भिडियो चलचित्र भारत को हो । जुन यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल पनि भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्