टंक बुढाथोकीको हिट गीतमा सलोन र पूजाको ठूम्का, मध्यरातमा यसरी नाँचे (भिडियो)



१२ जेठ २०७६, काठमाडौँ

सलोन बस्नेत र पूजा शर्मा दुवै पछिल्लो समयका निकै चर्चित र व्यस्त कलाकार हुन् । सलोन कमेडी पात्रको रुपमा दर्शकमाझ प्रिय छन् भने पूजा शर्माको पनि फ्यानहरु माझ आफ्नो छुट्टै क्रेज छ ।

सलोन र पूजाले पहिलोपटक एक गीतमा सँगै काम गर्दैछन् । चलचित्र बद्री बहादुर को एक गीतमा सलोन र पूजाले ठुक्का लगाउन लागेका हुन्  । उनको गीतको छायांकन पनि सुरु भैसकेको छ ।

पूजा र सलोनले एकअर्कासँग काम गर्न निकै रमाइलो भैरहेको समेत बताएका छन् । उक्त गीतमा टंक बुढाथोकीले संगीत दिएका छन् । पूजा र सलोनले एकअर्कासँग काम गर्न सहज महशुस भएको पनि बताए  । उक्त गीतमा शिव विकको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्