दर्शकले रुचाए तेरियाको गीत, छोटो समयमा नै पायो युट्युबमा यति धेरै भ्यूज (भिडियो)



१२ जेठ २०७६, काठमाडौँ

तेरिया मगरलाई नचिन्ने सायद कोही छैनन् होला । सानो उमेरमा नै उनले नाचेर नै आफूलाई र आफ्नो देशलाई विश्वभर चिनाएकी छिन्  । उनी मुम्बईमा बस्दै आएकी छिन् । अहिले भने तेरिया नेपाल आएकी छिन् ।

उनी जति राम्रो नाच्छिन् त्यति नै मिठो गीत पनि गाउँछिन् । तेरियाले नेपाल आएर एक गीत पनि रेकर्ड गराइन् । उनले सुपरहिट गीत तिम्रो मायाले बाधेर राख लाई कभर गरेकी हुन्  ।

उनले गाएको गीतलाई दर्शकले निकै नै रुचाएका छन् । अधिकांशले उनको आवाजको मुक्तकण्ठले प्रशंसा गरेका छन्  । त्यसैले पनि उनको गीतले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । तेरियाको गीतलाई छोटो समयमा नै युट्युबमा लाखौँ भ्यूज पुगेको छ । तेरियाले आफ्नो गीतलाई रुचाइदिएकोमा सबैलाई धन्यवाद समेत दिएकी छिन्  ।

प्रतिक्रिया दिनुहोस्