अष्ट्रेलियामा रमाउँदै नव विवाहित जोडी रवि र निकिता (फोटो सहित)



१२ जेठ २०७६, काठमाडौँ

रवि लामिछाने र निकिता पौडेल केहीदिन अघिमात्र विवाह गरेका हुन् । विवाह लगत्तै रवि र निकिता अष्ट्रेलिया पुगेका छन्  । उनीहरु छुट्टी मनाउन भन्दापनि रविको कामले गर्दा अष्ट्रेलिया पुगेका हुन् ।

अष्ट्रेलियामा पनि रविले आफ्नो लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग चलाइरहेका छन् । उनी विशेष त्यहि कामको लागि अष्ट्रेलिया पुगेका हुन्  । अहिले रवि र निकिताको अष्ट्रेलियाको तस्बिर सामाजिक सञ्जालमा  निकै भाइरल भैरहेको छ । हुन पनि तस्बिरमा रवि र निकिता निकै रोमान्टिक मुडमा देखिएका छन्  । रवि र निकिता अब केही समयपछि नेपाल फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्