कुनै बेला एउटै कक्षामा पढ्थे सलमान र आमिर



१२ जेठ २०७६, काठमाडौँ

आमिर खान र सलमान खान दुवै बलिउडका निकै चर्चित अभिनेता हुन् । यी दुवै अभिनेता एकअर्काका मिल्ने साथी पनि हुन् । धेरै कार्यक्रममा आमिर र सलमान सँगै देखिएका पनि हुन्छन् ।

धेरैलाई थाहा छैन होला आमिर र सलमान बलिउडका स्टार मात्र नभएर स्कूल पढ्दाका साथी पनि हुन्  । आमिर र सलमानले एउटै स्कूलमा पढेका थिए । तर यी दुईले २ कक्षा मात्र एकसाथ पढेका थिए । सँगै पढ्दापनि यी दुईबीच अहिले जस्तो राम्रो दोस्ती त्यतिबेला थिएन  ।

अहिले दुवै बलिउडका स्टार कलाकार भैसकेका छन् । सलमान र आमिर बाहेक बलिउडमा अन्य यस्ता पनि सेलिब्रेटि छन् जो बचपनमा एकसाथ पढेका थिए  । श्रद्धा कपुर र टाइगर श्राफ पनि बच्चैदेखिका साथी हुन् । यी दुवै एउटै क्लासमा पढ्थे । अझ टाइगरले त स्कूल पढ्दा श्रद्धा आफ्नो क्रम भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्