आफ्नो कारणले अन्य विमान उडानमा ढिलाई हुँदा मन्त्री पदबाट राजीनामा



१२ जेष्ठ २०७६, काठमाडौं

आफ्नै कारणले व्यवसायिक विमानको उडानमा ढिलाई भएपछि एक मन्त्रीले पदबाट राजीनामा दिएकी छिन् ।

आफु सवार विमानले अन्य विमानहरुलाई ढिलो भएपछि मेक्सिकोको वातावरणमन्त्री जोसेफा गोञ्जालेजले आफ्नो मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

अन्य विमानको उडाईमा ढिलाई भएपछि उनले धेरै चर्को आलोचना झेलेकी थिईन् ।

यहिँ क्रममा उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

विमान ढिलाईकै कारण मन्त्री पदमा आएकी दुई हप्तामै उनले राजीनामा दिएकी हुन् ।

“सरकारकी कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छु ।” उनले ट्वीटरमार्फत भनेकी छिन् ।

२०१८ डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएकी उनले भ्रष्टाचारको हुन नदिने प्रतिवद्धता जनाएकी थिईन् ।

अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख भएअनुसार अन्य विमानको उडाई ढिलाई भएपछि त्यहाँका जनता र मिडियाहरुले चर्को आलोचना गरेका थिए ।

ट्वीट–

प्रतिक्रिया दिनुहोस्