‘सारेगमपा’ मा नेपालका छोरा प्रितमको प्रस्तुतीले उडायो सलमान र कट्रिनाको होस, गरे यतिधेरै तारिफ



१३ जेठ २०७६, काठमाडौँ

भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा यतिबेला नेपालका छोरा आयुष केसी र प्रितम आचार्यले तहल्का मच्चाइरहेका छन् । प्रितम र आयुषले अडिसनदेखि नै जर्ज र दर्शकको मन जित्दै आएका छन् ।

हरेक हप्ता आयुष र प्रितमले आफ्नो प्रस्तुतीले जर्जको मन जित्दै उत्कृष्ट ७ मा पुग्न सफल भएका छन् । आयुष र प्रितम अहिले उत्कृष्ट ६ मा पुग्नको लागि मेहेनत गरिरहेका छन्  । यस्तै अस्ति प्रशारण एपिसोडमा प्रितमको प्रस्तुतीले सबैको होस उडाएको छ ।

अस्ति प्रशारण एपिसोडमा बलिउडका स्टार सलमान खान र कट्रिना कैफ गेष्टको रुपमा आएका थिए । प्रितमको प्रस्तुतीले कट्रिना र सलमानको बोली नै बन्द भएको थियो  । प्रितमको प्रस्तुती हेरेपछि सलमानले आयुष जस्तो बच्चा पाउनु नेपालको लागि गौरवको कुरा भएको बताए ।

त्यस्तै कट्रिनाले प्रितमलाई कमेन्ट गर्न आफू योग्य नभएको समेत बताइन्  । सलमान र कट्रिनाले दिल खोलेर प्रितमको प्रशंसा गरेका थिए  । उनको लागि सबैले उठेर ताली बजाएका थिए । प्रितम पनि सबैबाट राम्रो प्रतिक्रिया पाएपछि खुसी भएका थिए  ।

प्रतिक्रिया दिनुहोस्