१३ जेठ २०७६, काठमाडौं
आखामा पट्टि बाँधेर २x२ रुबिक्स क्यूवु हल गरि सबैभन्दा कम उमेरका चार वर्षे एक बालकले कीर्तिमान राख्न सफल भएका छन् ।
भारतको तमिलनाडू राज्यका यी बालक भी शक्तिवेलले २८.७३ सेकेण्डमा रुबिक्स क्यूबु हल गरेका छन् ।
उनका शिक्षक भन्छन्, रुबिक्स क्यूवु हल गर्ने उपाय छिछिटो पक्ता लगाउन शक्तिवेल खप्पीस छन् ।
उनी पहिले नै योजना बनाएर त्यो क्यूवु हल गर्छन् ।