प्रियंकाले भारत छोडेपछि सलमानले भने : ‘विवाहको लागि ठूलो चलचित्र छोड्नु हिम्मतको कुरा’



१३ जेठ २०७६, काठमाडौँ

सलमान खान यतिबेला चलचित्र भारत को प्रमोशनमा व्यस्त छन्  । चलचित्र भारत जुन ५ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । भारत मा सलमान र कट्रिना मुख्य भूमिकामा छन् । यो चलचित्रमा सुरुमा प्रियंका चोपडा फाइनल भएकी थिइन् । तर पछि प्रियंकाले अचानक चलचित्र छोडेपछि कट्रिना भित्रिएकी थिइन्  ।

सलमानले आफैँले चलचित्र भारत का लागि प्रियंकालाई अफर गरेको बताउँदै आएका छन् । उनले सुरुमा प्रियंका चलचित्रका लागि निकै उत्साहित भएकी तर पछि निक आएपछि विवाहको लागि चलचित्र छोडेको बताएका छन् ।

सलमानले प्रियंका निकै मेहेनती अभिनेत्री भएको समेत बताए । उनले प्रियंकाले जे गरिन् त्यो आफूलाई ठिक लागेर गरिन् भन्दै उनलाई धन्यवाद दिएका छन्  । उनले प्रियंकाले छोडेपछि चलचित्रमा कट्रिना भित्रिएकी र कट्रिनाले यो चलचित्रमा उत्कृष्ट काम गरेको बताएका छन् । सलमानले विवाहको लागि  ठूलो चलचित्र त्याग्न निकै हिम्मत चाहिने भएकाले प्रियंकालाई हिम्मतवाली नायिका भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्