निकले भने : ‘प्रियंकाको श्रीमान हुन पाउनु मेरो लागि सम्मानको कुरा’, प्रियंकाले दिइन् यस्तो रिप्लाई



१३ जेठ २०७६, काठमाडौँ

निक र प्रियंका बलिउड तथा हलिउडका निकै क्युट कपलको रुपमा परिचित छन्  । १ बर्षसम्म प्रेमसम्बन्धमा बसेर यी दुईले गत डिसेम्बरमा विवाह गरेका थिए । विवाहपछि निक र प्रियंका अमेरिकामा बस्दै आएका छन्  ।

यस्तै अस्ति शनिबार निक प्रियंका प्रेममा रहेको १ बर्ष पुगेको छ  । यहि अवसरमा निकले सामाजिक सञ्जालमा आफ्नो र प्रियंकाको तस्बिर सेयर गर्दै प्रियंकाको लागि लामो म्यासेज लेखेका छन्  । उनले प्रियंका नै आफ्नो खुसीको कारण भएको बताउँदै उनको श्रीमान हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन् ।

त्यस्तै निकको पोष्टमा प्रियंकाले पनि मन छुने रिप्लाई दिएकी छिन्  । उनले निकलाई सबैभन्दा राम्रो श्रीमान भएको बताएकी छिन् भने निकले गर्दा आफ्नो जीवन सुन्दर भएको बताएकी छिन् । निक र प्रियंकाको अथाह माया धेरैको लागि प्रेरणा समेत बनेको छ । निक र प्रियंकालाई धेरैले आफ्नो आइडल कपल समेत मान्ने गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्