‘बोल माया’ टिमको ‘गलबन्दी’ ले जित्यो दर्शकको मन, छोटो समयमा नै पायो युट्युबमा यतिधेरै भ्यूज (भिडियो)



१३ जेठ २०७६, काठमाडौँ

प्रकाश सपूत पछिल्लो समयका निकै चर्चित र व्यस्त लोकगायक हुन्  । उनले गाएका गीतहरु निकै सफल पनि छन् । उनले करिब १ बर्ष अगाडी निकालेको बोल माया बोलको गीतले दर्शकको मन जित्न सफल भएको थियो । उक्त गीतले धेरैलाई रुवाएको पनि थियो ।

बोल माया रिलिज भएको करिब १ बर्षपछि बोल माया टिमले फेरि अर्को गीत ल्याएको छ  । गलबन्दी बोलको गीत बोल माया को अगाडीको अंश भएको प्रकाश सपूतले बताएका छन् । प्रकाश सपूतको शब्द र संगीत रहेको गलबन्दी बोलको गीतमा प्रकाश सपूत र शान्ति श्री परियारको आवाज रहेको छ ।

गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको जीवन्त अभिनय रहेको छ । जसरी दर्शकले बोल माया लाई रुचाएका थिए त्यसरी नै गलबन्दी लाई पनि निकै रुचाइरहेका छन्  । उक्त गीत युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । त्यतिमात्र नभएर गीतमा अधिकांश दर्शकले सकरात्मक कमेन्ट गरेका छन् । साथै प्रकाश र अञ्जलीको अभिनयको पनि सबैले निकै खुलेर तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्