१३ जेठ २०७६, काठमाडौं
पछिल्लो समय प्राय : सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता ,कथा ,निबन्ध ,गीत जुनसुकै विधाका लेखकले पनि उपन्यासलाई माया गरेजस्तो देखिन्छ । त्यसो त उपन्यास धेरै पढिने विधा पनि भनिन्छ । कतिपयको नजरमा उपन्यास साहित्य जगतको नाम र दाम दुवै कमाउन सकिने विधा हो भनेको पनि सुनिन्छ र सत्य हो पनि ।
किनकि, उपन्यासमा कथाभित्र सम्बाद, पटकथा, पात्र, घटना, परिस्थिति, समाजिक मूल्य र मान्यता, दुखसुख, संयोगात्मक, वियोगात्मक, गरिबी-अमिरी, न्यायअन्यय, उत्पीडन र उन्मुक्तिका कथा र व्यथालाई आख्यानको सूत्रमालामा उनेर, बडो रूचीपूर्वक लेखकहरूले एक चलचित्रमाझैं पस्किएको हुन्छ र पाठकहरूले पनि चलचित्रकै पात्रझैँ सम्झी उपन्यासमा चलचित्रै हेरिरहेका हुन्छन् ।
एक कुशल लेखकले उपन्यासमा क्युरिसिटी म्याग्नेट क्रेट गरेको कारणले पनि पाठकमा अब के हुन्छ त, अब यसपछि के आउँछ त भन्ने एक छुट्टै किसिमको पाठकिय रस बनेको हुनाले पनि उपन्यास पाठकहरूको एक रुचीको विषय बन्नपुगेको हो । अझै भनुँ, उपन्यासलाई युरोपतिर एक नयाँ महाकाव्यको रूपमा पनि लिने गरिएको पाइएको छ ।
त्यसैले, अहिले बजारमा उपन्यासको माँग बढ्दो छ र हाल कविहरू पनि कवितालाई थन्याएर आख्यानकै जोड्तोडमा हारजितको बाजी खेलिरहेका देखिन्छन् ।
मैले लेखक सुबिन भट्टराइको उपन्यास्देखि लिएर मदन पुरस्कृत उपन्यासहरू मात्रै झन्डै तीन दर्जनजति अरू पनि थुप्रै आख्यान र गैर आख्यानहरू पढिसकेको छु । सबैमा आआफ्नै विषयवस्तु र समाजिक चित्रण रहेको पाइएको छ । कुनै पनि लेखकहरूले सम्भवत पाठकहरूकै हृदयभित्र गहिरो परेड खेल्न सकियोस् र कृतिले अपार सफलता प्राप्त गरोस् भन्ने हेतुले नै जोड्तोड प्रयास गरी लेखिएको पाईँन्छ । केही राम्रा लेखकहरूले आख्यानमा अपार सफलता नाम र दाम दुबै कमाएको पनि यदाकदा सुन्नमा आएकै हो ।
हाम्रो प्रायजसो भेट् नभएता पनि तर आक्कल-झुक्कल भृकुटी मण्डपतिर चियापिउँदा भेट् हुने तर्कना शर्माज्यूलाई यो भन्दा पहिले म समाजका सीमान्तकृत वर्गलाई रचनामा विशेष स्थान दिन रुचाउने लेखिका र कविता, गीत र समालोचनमा कलम चलाउने एक प्रखर लेखिकाको रूपमा चिन्दै आएको थिएँ । तर आज आएर शर्माज्यूको पहिलो आख्यान उपन्यास जेब्र क्रसले शर्माज्यूलाई अब एक राम्रो आख्यानकारको लिस्टमा पनि स्थापित नाम राख्न सफल भएको पाइएको छ । जसको चर्चापरिचर्चा बजारमा निकै सुन्दै आएको छु ।
लेखिका शर्माज्यूले ”जेब्रा क्रस” उपन्यासमा नायीका ‘भावना’ को भावनाभित्र एक सपनाको राज कुमारको परिकल्पना रहेको दर्शाएको छ । जसमा जीवनको अर्थ जिउनु हो र प्रकृतिले दिएको भौतिक शरीरले भौतिक भोग गर्नुभनेको सृष्टीहुनुको सही अर्थ हो भनेर प्रष्ट्याइएको पाईँन्छ । र अर्को पाटो जिउनु भनेको प्रेमको उद्यानमा फूलभएर फक्रनु हो । यही जीवन जिउनुको अर्थमा जिउनलाई रहरभित्र प्रेम, माया र विपरित लिङ्गको जिजीविषा टुसाइरहने हुँदा, प्रेमको सिला खोज्दैजाँदा भेट् हुन्छ भावनालाई एक सपनाको राजकुमार पृन्सिपल ‘बिराज’ ।
अब उपन्यास जेब्र क्रसको असलीकथा बिराजको एन्ट्रीबाट एन्ट्री हुन्छ । जब बिराजले भावनालाई निकैनै इमोस्नल बनाएपछि सहमतिमा पच्चास रुपियाँको सिन्दूरले वैवाहिक जीवनको सूत्रमा बाँधिन्छ दुबैजना । तर अचम्म लाग्दो कुरा के छ भने यो उपन्यासमा – विवाहको पहिलो सुहागरातमै बिराज अलग्गिएर सुतेको देख्दा, कताकता भावनाको मनभित्र शंकाका असंख्य पालुवाहरू टुसाउन थाल्दछन् ।
भावना आफूलाई भावना हुनुको अर्थ खोज्नु थाल्छे । भावना आफूमा, भौतिक शरीरहुनुको अर्थ के त ? भावना आफूमा, भौतिक शरीरले भौतिक भोगनै गर्नु पाएन भने, जिउनुको असली माने के त ? भावना प्रकृतिले दिएको शरीरमा देखिने बिम्ब आँखाको दोखा हो या शरीरको खोलभित्र लुकेको अरूनै कुनै गहिरो समुद्री रहस्य ? आदिइत्यादी रहस्यको उद्यानमा जटिलताको प्रश्नहरू टिपेर समस्याको डालोमा थुपार्दै जान्छे । भावना सपनाको राजकुमारमा साक्षत बिराजै आफूले पाउँदा, कल्पनामा भौतिक शरीरको चरम् आनन्दमा चुर्लुम्म डुब्छे । जस्तोकि –
मेरा लजाएका गाजलु आँखाले उसको मदहोस मुहार नियाल्नेछन् । अचानक उसले मलाई जोगी लहराले पैँयुँको रूखलाई बेरेजस्तै अँगालोमा बेर्ने छ । अलिकति झुकेर भन्ने छ – ” त्यसरी न हेरन रानी । तिम्रा आँखामा आगोको लप्का छ । म जलेर भस्म हुनेछु ।”
उफ ! झुकेर उसले मेरो निधारमा चुम्ने छ । गाला, नाक, ओठ ।उसका खिरिला औँलाहरूले अरू केके स्पर्श गर्ने छ कुन्नि ? उफ् ! मैले आफैलाई बिर्सिसकेकी हुनेछु त्यत्तिखेर सायद । म होसमै रहदिँन होला, सायद । म पनि त्यसैगरी आफूलाई खोल्दै जानेछु, जसरी उसले खोल्न चहाँन्छ मेरो यौवनको कसिला गाँठाहरू ।
खै ऊ मेरो कुनकुन संवेदनिशील अङ्गको गहिराइमा गोता मार्ने होला कुन्नि ? अनि ऊ आफै लुथ्रुक्क भिज्ने छ र मलाई पनि आलु उसिनियझैँ उष्ण बनाउने छ । अझै भनुँ, या बडेमानको फलाम तातेर सेलाउन समय लागेजस्तै, मलाई त्यो उष्णबाट सामान्य हुन घण्टौं समय लाग्ने छ होला सायद । (जेब्रा क्रस – ९६)
उपन्यासमा, नायीका भावनाकोभित्र यस्ता किसिमका जिजीविषाका लत्ती बडिरहन्छ भने, नायक बिराज बारम्बार भावनालाई इमोस्नल ब्ल्याक्मेल गर्दै टर्चर् दिई आफूभित्र भएको रहस्यलाई ” राज युनिवर्सिटी ” शिक्षाद्वारा बुझिदेओस् भन्ने प्रत्यत्नतिर प्रयत्नरत् भएको देखिन्छ ।
एकदिन, बिराजले आफू गे अथवा समलिङ्गी रहेको रहस्य खोल्छ । आफू भावनाको लागि सक्षम नहुँदा पनि, समाज र आफ्नो परिवारको लागि एक असल पुरूष देखिइरहुँ भन्ने हेतुले, श्रीमती भावनलाई अनेक किसिमको बच्चा जन्माउने उपाय र शारीरिक सन्तुष्टी लिने बरेमा कृतिम सेक्स टोयको प्रयोग गर्ने बारेमा राय र सुझाबहरू शेर गर्नेगर्छन् ।
तर भावना यी सब कुरालाई लत्याउँदै, अदालति प्रकृयाद्वारा डिभोर्सलिएर हमेशाको लागि श्रीमतीको नामबाट आफूलाई रिलिज गर्छे ।
लेखिका शर्माले उपन्यास जेब्र क्रसमा नारीको एक महत्वपूर्ण भूमिका चित्रण गर्दै नारी पुरुषको दास र रखेल भएर बस्नु हुन्न भन्ने कुरामा पनि जोड्दिएको पाइँन्छ । शर्माले यस् उपन्यासमा अरू लेखकहरू भन्दा एक छुट्टै पृथक विषयवस्तुको उत्थान गर्दै, समलिङ्गी समस्यालाई हेपाह र घृणा दृष्टीले होइनकि हामी समाजले उनीहरूलाई महत्वपूर्ण मान सम्मान र स्थान दिइनुपर्छ भन्दै गम्बुबाकै सहयोगमा गम्बुबाकै निवासमा जेब्रा क्रस नामक समलिङ्गी संस्था खोली एक अन्तराष्टृय स्तरमानै समलिङ्गीलाई आमरूपमा निर्धक्क उठेर अघिबढ्न प्रेणामूलक सकारात्मक सन्देश दिएको पाइएको छ ।
जसमा, आफैले सम्बन्ध बिछ्छेद गरेको आफ्नै श्रीमान समलिङ्गी आफैले खोलेको जेब्रा क्रस नामक संस्थाको सदस्यसमेत हुन आएको दर्शाएको छ ।
उपन्यास्ले, समाजमा भएका सामाजिक विकृतिलाई औँल्याउँदै समाजमा रहेका धनी – गरीबबीचको खाडल ,महिला पुरुषबीचको खाडल अनि शिक्षित र अशिक्षितहरु बीचको खाडलको संरचना केलाएका छन् ।
बिग्रिएको समाजलाई सुधार्ने अनि समाजलाई बिग्रन नदिने ,शिक्षा र चासो हुनुपर्छ भन्ने कुरा समेत उपन्यासले देखाउन खोजेको छ ।
उपन्यासले मानव जीवनलाई विभिन्न पाटोबाट परिभाषित गर्न खोजेको छ । कहिले सन्तुष्टि ,कहिले अभाव ,पीडा ,दुःख –दर्द ,आँसु – हाँसो जीवनका पाटाहरु हुन् । उमेरसँगै यी र यस्ता अवस्थाहरु पनि पार गर्दै जानुपर्छ भन्ने कुरा उपन्यासकारले उपन्यासमा देखाउन खोजेका छन् ।
थोरै अलिकति मलाई चित्त न बुझेको कुरा के भने, लेखिका शर्माले, प्रकृतिले दिएको भौतिक शरीरको सही उपयोग हुनुपर्छ र जसरी भोकले आहार मागेजस्तै शारीरिक अङ्गले पनि संभोगको भोक जाहेर गर्द छ भनेर, नायीका भावनालाई पनि अर्को बिहे गराएर समाजमा एक सकारात्मक शिक्षा दिन सकिन्थ्यो कि, भन्ने मेरो जिज्ञासा थियो । तर बिहेगरेको मैले उपन्यसको कुनै पनि पृष्ठमा देखिएन ।
अन्तत लेखिकाले पोखिन खोजेको सम्पूर्ण उपन्यासको सार म त यही ” भन्देऊ न ” कवितामै भेटें ।
धेरैधेरै बधाई तथा शुभ कामना छ, तर्कना शर्माज्यू । एक पाठक बनेर एक मीठो उपन्यास पढ्न पाएकोमा ।
कविता –
भन्देऊ न
जीवनको प्रेम
न खोजेको भए
जन्मदैनथ्यो होला जेब्रा क्रस
त्यो त्यही सानदार
अनि कठिन प्रेमको पाखो हो ।
बाटाहरू सँधै
सिधा र सरल कहाँ हुन्छन् र ?
जे देखिन्छ, त्यो जीवन होइन
जे देखिन्न
त्यो जीवनको सही अर्थ होइन ।
प्रकृतिको
लीला पनि कस्तो अपार
अदृश्य भित्रै
रहस्यै रहस्यको कठिन बन्कर
सेतीनदीको भङ्गालोजस्तै ।
भन्देऊ न
म आँखालाई विश्वास गरूँ कि
प्रकृतिलाई ( जेब्रा क्रस २४३ )
पुस्तक – उपन्यास (जेब्रा क्रस)
लेखिका – तर्कना शर्मा